काठमाडौंः विश्वमहामारी कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार ७ सय ५९ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७४ लाख ७४ हजार ६ सय ९१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ९ लाख ३७ हजार ७ सय ७१ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५५ हजार २ सय ८५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४६ लाख ३४ हजार ९ सय ८५ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९१ हजार ३ सय ७७ पुगेको छ भने संक्रमितको संख्या २६ लाख १३ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ८ सय २ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ३४ हजार ४ सय ९९ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया