असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना कहरः विश्वभर ६ लाख ८९ हजार ४ सय ६१ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) का कारण आइतबार दिउँसो (२ अगस्ट) सम्म कुल मृतकको संख्या ६ लाख ८९ हजार भन्दा बढी पुगेको छ ।

वल्डमिटरले  दिएको जानकारीअनुसार कोरानाका कारण कुल मृतकको संख्या ६ लाख ८९ हजार ४सय ६१ पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि १ करोड ८० लाख ५० हजार १४ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५ सय ८८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९१४ पुगेको बताइएको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख ८ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया