श्रावण ११, २०८३ सोमबार July 27, 2026

सुनिता दुलालको नयाँ गिति एलवम ‘बेसी मेलैमा… ’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लोकदोहोरी र तीज गायनको अब्बल नाम सुनिता दुलालले कोरोना कहरलाई चिर्दै आफ्नो नयाँ गिति एल्वम ‘बेसी मेलैमा… ’ सार्वजनिक गरेकी छन्, । सुनिता दुलाल र खुमन अधिकारीको स्वरमा सजिएको पश्चिमेली शैलीको उक्त गित सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीत मायाप्रेमले ओतप्रोत मात्र छैन्, युवाहरुलाई मातृभूमिमै बसेर कुटोकोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । करिब १० मिनेट लामो म्युजिक भिडियो कोरोना कहरका बिच काठमाण्डाै‌ं सेरोफेरोमा छायांकन गरिएको हो ।

कलाकारहरु दिलिप रायमाझी, नम्रता सापकोटाको अभिनय रहेको भिडियोमा स्वयं सुनिता दुलाल र खुमन अधिकारीलाई पनि हेर्न पाइनेछ । नेत्र अर्यालको शब्द, खुमन अधिकारीको लय, ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया