कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भुकम्पले झड्काले सार्वसाधारण त्रर्सिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भुकम्पको त्रासबाट टाढिदै गएका नागकिरलाई फेरि एक पटक यसले झस्काएको छ । कीर्तिपुर आसपास केन्द्रबिन्दु भई शनिबार बेलुका चार रिक्टर स्केलको परकम्प भएको छ ।

शनिबार बेलुका ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार