असार २३, २०८२ सोमबार July 7, 2025

बोको हराम समूहको आक्रमणमा परी १८ सर्वसाधारणको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणमा परि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।

क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा भएको आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

बोको हरामका हतियारधारी विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ । उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी सो हमला गरेका थिए ।

बोको हरामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ । जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन् । पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया