मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल

केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, फागुन १ गते । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ ।

उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीपको विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो ।

तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे । “माउन्ट कुमगाङ पुनर्मिलन केन्द्रको विध्वंस छुट्टिएका परिवारहरूको हार्दिक इच्छालाई कुल्चने अमानवीय कार्य हो”, सियोलको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, “दक्षिण कोरियाले यस्ता कार्यहरू तत्काल रोक्न कडा आग्रह गर्दछ र कडा खेद व्यक्त गर्दछ, उत्तर कोरियाको एकपक्षीय विध्वंस कुनै पनि बहानाअन्तर्गत उचित हुन सक्दैन र उत्तर कोरियाली अधिकारीहरूले यस अवस्थाको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ ।”

सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरूमध्ये करिब ३६ हजार जना अझै जीवित छन् ।

पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् । केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट गरिएको थियो ।

जीवनभरका लागि विछोड

उत्तर र दक्षिण कोरियाले पहिलो यस्तो पुनर्मिलन सन् १९८५ मा गरेका थिए, तर त्यस वर्षको पहिलो अन्तर–कोरियाली शिखर सम्मेलनपछि सन् २००० मा मात्र तिनीहरू नियमित कार्यक्रम बने ।

पुनर्मिलनहरू परिवारहरू रुँदै पुनर्मिलन हुने र छोटो दिनको भेटघाटपछि बिछोड हुने भावनात्मक दृश्यहरूले चिनिन्थे ।

उत्तर कोरियाले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दुई कोरियाबिचको सम्बन्ध अहिले सबैभन्दा तल्लो विन्दुमा पुगेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गर्नुभयो र आफ्नो सरकारको लामो समयदेखि रहेको पुनः एकीकरणको लक्ष्यलाई त्याग्नुभयो ।

प्योङयाङले कार्यकर्ताहरूद्वारा उत्तरतर्फ पठाइएका प्योङयाङ–विरोधी प्रचार पत्रहरूको बदलामा भन्दै फोहोर बोकेका बेलुनहरू दक्षिणतर्फ पठाएको छ । पुनर्मिलन कार्यक्रम प्रभावकारी रूपमा रोकिइसकेको छ जसले गर्दा हजारौँ छुट्टिएका परिवारलाई आफ्ना प्रियजनहरूलाई फेरि भेट्ने आशा क्रमशः कम हुँदै गएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार