मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठनः बङ्गलादेश

युनुसले सुधारलाई छिटो अघि बढाउने र त्यसपछि चुनाव गराउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढाका, फागुन १ गते । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ले बुधबार जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो ।

छ महिनाको समयावधि रहेको आयोगमा यसअघि गठन भएका विभिन्न छ वटा सुधार आयोगका प्रमुखहरू रहेका छन् र फब्रुअरी ३ तारिखदेखि काम सुरु हुनेछ । नवगठित आयोगले राजनीतिक दल र सरोकारवालासँग छलफल गरी जनताको अपेक्षा अनुरूप सुधारका विषयमा राष्ट्रिय सहमति कायम गर्न सहयोग पुर्‍याउने अधिकारीहरूले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि युनुसले सन् २०२४ अगष्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिनुभएको थियो ।

सेप्टेम्बर ११ मा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले निर्वाचन प्रणाली, प्रहरी, न्यायपालिका, सार्वजनिक प्रशासन, संविधान र भ्रष्टाचार निवारण आयोगमा सुधारका लागि छ वटा आयोग गठन गर्ने घोषणा गर्नुभएको थियो । युनुसले सुधारलाई छिटो अघि बढाउने र त्यसपछि चुनाव गराउने प्रतिबद्धता जनाइसक्नुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार