असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ ।

गत २४ घण्टामा भारतमा ५२ हजार ९ सय ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७ सय ७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १ सय ३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये ११ लाख ८६ हजार २ सय ३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ७९ हजार ३ सय ५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा १ लाख ४८ हजार ८ सय ४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५ सय ७६ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल ४ लाख ४१ हजार २ सय २८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९ सय ६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ४ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा १० हजार ३ सय ५६ जना सङ्क्रमित अवस्थामा रहेका र ४ हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा १ लाख २३ हजार ३ सय १७ व्यक्ति कोरोना मुक्त भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया