काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् ।
दुवै देशले यसको पुष्टि गरिसकेका छन् । युक्रेनमा रुसको आक्रमण भएको तीन वर्ष बित्नै लाग्दा पुटिन र सीबिच कुराकानी भएको हो ।
चीनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए, जहाँ रुस अमेरिकासँग वार्ताका लागि बसेका थिए ।
हालै, यो युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो ।
यस वार्तामा अमेरिकाले युक्रेनलाई बोलाएको थिएन । यसबारे युक्रेनले असन्तुष्टि व्यक्त गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया