असार ५, २०८३ शुक्रबार June 19, 2026

अगष्ट ६ र ९ बिश्वमा आततायी कालो दिनको रुपमा अंकित – लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्व इतिहासमा दोश्रो बिश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ को दिन मानबताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको अत्यन्तै कालो दिनको रुपमा अंकित छ । त्यही दिन हो बीसौ शताब्दीको बिश्वमा मानिसलाई नराम्रोसँग आणबिक घाउ लागेको दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिामा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेर कालकलबित भएका थिए ।

आजभन्दा ७५ बर्ष पहिला अगष्ट महिनाका ती दुइ दिन मानबताको इतिहासमा कलंक र मानबता बिरोधी आततायी कालो दिनको रुपमा बिश्वले देख्नु र भोग्नु पर्यो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियार प्रयोग गरिएको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक तथा परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृत र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछ ती दुइ दिनको बिर्सन नसकिने दुर्दान्त घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस बनेर खरानीमा परिणत भएको थियो ।

क्षणभरमै तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिबत भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ का दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए । त्यस अमानबीय र कहालीलाग्दो आततायी आणबिक प्रहार यता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई पुर्दै ठूलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखडा त्यही बेलादेखि राखिएको छ । यद्यपि हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय शान्ति पार्कको रुपमा कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो  क्रुर आणबिक युद्धमा मारिएका पूर्खाहरुको सम्झनामा प्रार्थन गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् हिरोेशिमा दिवसका दिन !

वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमा बी-२९ ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणु बम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाण बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ जस्तो भयो । हेर्दा हेर्दै लाखौ लाख मानिस धुवाँसँग बिलाए । हुन पनि आजभन्दा ७५ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुर घटनामा दरिन पुगेको छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूलो र गहिरो चोट लगायो ।

क्रूरता र तासदीको प्रतीक त्यो बम दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाको मेनहटन प्रोजेक्ट अन्तरगत लासअलामोशमा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास(गोलाई) ७१ सेण्टिमिटर सम्मको थियो । त्यस बलमे आफ्नो बिस्फोटक क्षमता यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस-जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३-१८ किलोटन टीएनटी (ट्राइनाइट्रोटालुइन) बराबरको रहेको बताइन्छ ।

अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज अनुमानमा पनि बिबाद नै छ । तर हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको थियो । त्यो जनसंखया मध्ये आधाभन्दा केही कम अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृृृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्ँयान’ अर्थात् ‘मोटो मान्छे’ नामको परमाणु बमद्वारा मारिएका अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन फैलिएका कारणले हजार जापानीहरु बिकलाङ्ग भएका र मारिएका थिए । जापानमा खसालिएका ती आणबिक बमहरुले गर्भबती महिलाहरुको गर्भमा रहेका बच्चाहरु समेतलाई असर पारेको र ती जन्मदै असमान्य किसिमले बिकलाङ्ग हुनपुगेको समेत तथ्य छ ।

यो अमानबीय परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफीसम्म पनि मागेको छैन । त्यसलाई सही नै ठहराएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले केही बर्ष अघि हिरोशिामा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका हुन् ।

यद्यपि अहिले बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभ्भिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ मा जापानमाथि खसालिउको परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो दिनकै रुपमा भने लिइराख्ने छ । अनि बिश्व मानब समुदायले यस्ता अत्यन्तै त्रासद मानब संहारकारी आणबिक परमाणबिक शस्त्रास्त्रको सामना गर्नु नपरोस् र दीगो शान्ति बिश्वमा छाओस् भन्ने कामना गरिरहेका छन् । लेखक ऋषि कट्टेल नेतृत्वको नेकपा पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार