जेठ २३, २०८३ शनिबार June 6, 2026

सामाजिक दूरी कायम गर्न कलाकार संघको यस्तो अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल चलचित्र कलाकार संघले छायांकनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो सयम नेपाली गीतको भिडियो छायांकनको क्रम एकाएक बढेपछी ध्यानाकर्षण भएको जनाएको हो ।

कलाकार संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा कोरोना संक्रमण बढेको भन्दै कलाकारहरूलाई ध्यानाकर्षण गराएको छ । पछिल्लो समय म्युजिक भिडियोका छायांकन नेपाली चलचित्रका अभिनेता अभिनेत्रीदेखि कलाकारसम्मको सक्रियता बढेकोप्रति संघका ध्यानकर्षण भएको हो ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा यस्ता छायांकनमा कलाकारहरूले सामाजिक दूरी पटक्कै कायम नगरेको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । कतिपय म्युजिक भिडियाको छायांकनमा कलाकार तथा प्राविधिकहरूको भिड देखिएकाले अबका दिनमा पूर्ण सामाजिक दूरी कामय गर्दैै छायांकन अघि बढाउन पनि संघको अपिल छ । कोरोना कुनै पनि अवस्थामा जोकोहीलाई हुन सक्ने भएकाले कलाकार आफैंले यस्तो बेलामा सचेत हुनुपर्ने संघको सुझाव छ ।

यसैबीच कलाकार संघले विगतमा विभिन्न सेवा प्रदान गर्दै आएको जनाउँदै कुनै पनि समस्यामा आफ्ना संघका सदस्यहरू छन् भने संघमा सम्र्पक राख्न पनि अपिल गरेको छ । कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले अहिलेको अवस्थामा विशेष काम नभएसम्म घरबाट बाहिर ननिक्लिन पनि कलाकारहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार