मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

नेता तथा कार्यकर्तालाई हतियार बिसाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्तानबुल, फागुन १७ गते । टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके)ले शनिबार टर्कीसँग युद्धविरामको घोषणा गरेको छ । चार दशकभन्दा बढी समयदेखि टर्कीसँग लडेपछि यसै हप्ता कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)को विघटनको घोषणा गर्दै ओकालानले नेता तथा कार्यकर्तालाई हतियार बिसाउन आग्रह गर्नुभएको होे ।

पिकेके कार्यकारी समितिले ओकलानलाई उद्धृत गर्दै भनेको छ, “नेता अपोको शान्ति र लोकतान्त्रिक समाजका लागि आह्वानको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न हामी आजदेखि लागु हुने गरी युद्धविरामको घोषणा गर्दैछौं ।” उत्तरी इराकमा मुख्यालय रहेको समितिले भनेको छ, “हामी पिकेके विघटनको आह्वानको विषयसँग सहमत छौँ र यसलाई अनुसरण र कार्यान्वयन गर्नेछौँ ।”

“आफ्नो समूहमाथि आक्रमण नभएसम्म हाम्रा कुनै पनि सेनाले सशस्त्र कारबाही गर्ने छैनन्,” विज्ञप्तिमा भनिएको छ । टर्की, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनद्वारा आतङ्कवादी समूह घोषित पिकेकेले सन् १९८४ देखि कुर्दहरूका लागि एक मातृभूमि बनाउने उद्देश्यले विद्रोह गरेको छ । पिकेकेले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ ।

सन् १९९९ मा ओकालान जेलमा परेदेखि नै करिब ४० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको रक्तपात अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् । ओकालानसँग उहाँलाई राखिएको टापुको एक जेलमा धेरै पटकको बैठकपछि कुर्द समर्थक डिइम पार्टीले बिहीबार पिकेकेलाई आफ्ना हतियारहरू बिसाउन र सङ्गठनको विघटनको घोषणा गर्न एक सम्मेलन बोलाउन अपिल गरेको थियो ।

पिकेकेले शनिबार ओकालानले चाहेअनुसार सम्मेलन आयोजना गर्न तयार रहेको तर त्यसका लागि उपयुक्त सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने र ओकालानले व्यक्तिगतरुपमा निर्देशन र सम्मेलनको सफलताका लागि नेतृत्व गर्नुपर्ने बताएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार