असार २३, २०८२ सोमबार July 7, 2025

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

प्रक्षेपण काउन्टडाउन टी-४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लस एन्जलस, फागुन २० गते । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ ।

प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी-४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो ।

कम्पनी टोलीले उडान परीक्षणको लागि अर्को उपलब्ध अवसरको मूल्याङ्कन गरिरहेको छ । आठौं उडान परीक्षणले स्टारशिपको माथिल्लो चरणमा फर्काउन डिजाइन गरिएको बहु पुनः प्रविष्टि प्रयोग अघिल्लो परीक्षणमा पुग्न नसकेका उद्देश्यहरूलाई लक्षित गर्नेछ ।

स्पेसएक्सको स्टारशिपका अन्तरिक्ष यान र सुपर हेवी रकेट सामूहिक रूपमा एक पूर्ण  प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ, जुन चन्द्रमा, मङ्गल र बाहिर लैजान डिजाइन गरिएको हो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया