असार २३, २०८२ सोमबार July 7, 2025

रुसद्वारा युक्रेनसँगको अल्पकालीन युद्धविराम तत्कालका लागि खारेज

रुसी सेनाले युक्रेनी सेनाले कब्जा गरेको कुस्र्क क्षेत्रको एउटा प्रमुख शहर सुजा पुनः आफ्नो कब्जामा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीले युक्रेनका लागि अस्थायी राहत बाहेक अरू केही नभएको भन्दै युक्रेनसँगको अल्पकालीन युद्धविरामलाई खारेज गर्नुभएको छ ।

अमेरिकी र रुसी अधिकारीहरु मस्कोमा भेटेर ३० दिनको युद्धविराम प्रस्तावबारे छलफल गर्न लागेको बेला पुटिनको सहयोगीको यस्तो भनाई आएको हो ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको शान्तिका लागि आफ्ना साझेदारहरूसँग यथाशीघ्र काम गर्न आफू दृढ रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनले भने सो प्रस्तावको बारेमा टिप्पणी गर्न बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्धमले जनाएका छन् ।

यसैबीच, रुसी सेनाले युक्रेनी सेनाले कब्जा गरेको कुस्र्क क्षेत्रको एउटा प्रमुख शहर सुजा पुनः आफ्नो कब्जामा लिएको बताएको छ । राष्ट्रपति पुटिनले पनि हिजो कुस्र्क क्षेत्रको भ्रमण गर्नुभएको थियो । युक्रेनका सेनाका प्रमुखले पनि आफ्ना केही सैनिकहरू कुस्र्कबाट फिर्ता आएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया