मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युरोपेली संघका देशहरूमाथि २ सय प्रतिशत भन्सार लगाउने ट्रम्पको चेतावनी

यो कदम अमेरिकी कम्पनीहरूको लागि धेरै राम्रो हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका देशहरूले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर नहटाएमा उनीहरूका देशहरूबाट आउने मदिरामा पनि २०० प्रतिशत कर लगाउने धम्की दिएका छन्।

उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै यो कदम अमेरिकी कम्पनीहरूको लागि धेरै राम्रो हुने बताएका छन्।

“यदि अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत कर तुरुन्तै हटाइएन भने, फ्रान्स र अन्य इयु प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिरा उत्पादनहरूमा अमेरिकी कर लक्षित गरिनेछ,” ट्रम्पले पोस्टमा भने ।

“यो अमेरिकामा वाइन र शैम्पेन व्यवसायको लागि उत्कृष्ट हुनेछ,” उनले भने।

ट्रम्पले पहिले नै घोषणा गरिसकेका छन् – उनले अप्रिल २ देखि धेरै देशहरूमा ती देशहरूले अमेरिकी सामानहरूमा लगाएको हदसम्मको भन्सार लगाउनेछन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार