काठमाडौंः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा एक करोड ८९ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख दुई हजार सात सय ३५ पुगेको जनाएको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या सात लाख नौ हजार पाँच सय ११ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
अमेरिकामा संक्रमतिको संख्या ४७ लाख ८१ हजार छ सय १२ र ब्राजिलमा २८ लाख ५९ हजार ७३ पुगेको डब्लूएचओले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय १६ देशमा फैलिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया