असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकामा आँधी, २१ जनाको मृत्यु, केही राज्यमा जोखिमको चेतावनी

साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संयुक्त राज्य अमेरिकामा आएको आँधीमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए । टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ । त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ । साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ ।

त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ । राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ ।

मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ । विभागले अझ डरलाग्दो समस्याको आंकलन गरेको छ ।

अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन् । ओकाहामामा पनि एक जानको ज्यान गएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया