असार २३, २०८२ सोमबार July 7, 2025

रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, चैत ४ गते । यमनको इरान समर्थित हुथी विद्रोहीले २४ घण्टाभित्र अमेरिकी विमानवाहक समूहमाथि दुई पटक आक्रमण गरेको दाबी गरेपछि चीनले सोमबार रेड सी क्षेत्रमा तनाव कम गर्न ‘वार्ता’ गर्न आह्वान गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भन्नुभयो, “चीनले रेड सी क्षेत्रको स्थितिलाई बढाउने कुनै पनि कदमको विरोध गर्दछ । हुथी विद्रोहीले आफ्नो आक्रमण अमेरिकी आक्रमणको प्रतिशोध भएको बताएका छन् । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो ।

अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो । “आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु । उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलुकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेख्नुभएको छ ।

उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्‍याएको आरोप लगाउँदै अमेरिकाले हुथी विद्रोहीविरुद्ध ’अत्यधिक घातक बल’ प्रयोग गर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो, “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन । जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौं तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएको थियो । गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताएको छ  ।

यमनी हुथी समूहले सुरुमा १८ वटा क्षेप्यास्त्र र एउटा ड्रोन रेड सीमा रहेको “एयरक्राफ्ट क्यारियर ‘युएसएस ह्यारी ट्रुम्यान’ र त्यससँग जोडिएका युद्धपोत” मा प्रहार गरेको बताएको थियो । बेइजिङले सोमबार तनाव समाधानका लागि कूटनीतिको आह्वान दोहोर्‍याएको छ । माओले भन्नुभयो, “रेड सी र यमन मुद्दाको अवस्थाका कारणहरू जटिल छन् र यसलाई वार्ता र संवादको माध्यमबाट उचित समाधान गरिनुपर्छ ।”

अरब प्रायद्वीपको सबैभन्दा गरिब देशको इरान समर्थित समूह हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र लाल सागरको पानी जहाजमाथि आक्रमण गर्दै प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आएको दाबी गरेका छन् । बेइजिङले गत वर्ष जलक्षेत्रमा गैरसैनिक जहाजमाथिको आक्रमण अन्त्य गर्न आह्वान गरेको थियो। यसबाट चीनको युरोपेली सङ्घसँगको अधिकांश व्यापार प्रवाहित हुन्छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार