मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता : राष्ट्रसङ्घ

इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रोम, चैत ६ गते । भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।

“भूमध्यसागरमा नयाँ डुङ्गा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ”, ट्युनिसियाबाट सोमबार ५६ जना बोकेर निस्केको डुङ्गा डुबेको उल्लेख गर्दै युएनएचसिआरका इटालीका प्रतिनिधि चियारा कार्डोलेट्टीले एक्समा भन्नुभयो, “केही घण्टाको यात्रापछि डुङ्गा बिग्रन र पानी लिन थाल्यो । छ वटा शव निकालिएको छ, ४० जना हराइरहेका छन् ।” इटालीका मिडिया रिपोर्टहरू अनुसार इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए ।

उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको तर क्षेत्रबाट केवल छ वटा शव-सबै पुरुष-मात्र भेटिएको बताएका छन् । एजिआई समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएका मध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका थिए ।

आप्रवासीहरूलाई उद्धार गरेपछि ट्युनिसियाको स्फ्याक्सबाट धातुको डुङ्गामा यात्रा गरेपछि ४० जना आप्रवासीको छुट्टै समूह लम्पेडुसामा अवतरण गरेको एएनएसए समाचार एजेन्सीले जनाएको छ । मङ्गलबार लामपेडुसामा कुल दुई सय १३ आप्रवासीसहित पाँच वटा अवतरण भएका थिए ।

यसले टापुको स्वागत केन्द्रमा रहेका मानिसहरूको कुल सङ्ख्या दुई सय ३० पुगेको छ । इटालीको गृह मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म आठ हजार सात सय ४३ आप्रवासी इटाली आइपुगेका छन् । यो गत वर्षको यही अवधिमा आइपुगेका सङ्ख्याभन्दा केही बढी हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार