माघ २४, २०८२ शनिबार February 7, 2026

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, चैत ७ गते । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनु भएको छ ।

उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताउनुभयो ।

उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो ।

कुराकानीको क्रममा उहाँहरूले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गर्नुभयो, जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत हुनुभएको क्रेमलिनले उल्लेख गर्नुभयो । रासस,सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार
निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
२०८२ माघ २३, शुक्रबार
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमामा ७२ घण्टा अघिदेखि आवतजावत रोक
२०८२ माघ २३, शुक्रबार
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
२०८२ माघ २३, शुक्रबार