कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पुननिर्माणबारे सचेतनद्वारा अन्र्तक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विदुर । भुकम्प पछिको पुननिर्माण प्रक्रिया विद्यामान अबस्था र सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक नितिगत संवाद सम्पन्न भएको छ । मंगलबार समाज सचेतन केन्द्र नुवाकोटको आयोजनामा सचेतन सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

केन्द्रका अध्यक्ष यमकुमार खातीको अध्यक्षतामा छलफल भएको कार्यक्रममा अन्तरा्िष्ट्रय गैरसरकारी संस्थाहरूको र जन प्रतिनिधिको रोहवरमा भुकम्प पछिको पुननिर्माण प्रक्रियाको विद्यामान अबस्थाबारे छलफल हुनुले अनुदान र निर्माण प्रक्रियामा सहजीकरण भै कार्यान्वयनमा सहजता हुने अध्यक्ष खातीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले भुकम्प पछिको पुननिर्माण प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्ने दाईत्व स्थानीय सरकारले बुझेर कार्य गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समिति नुवाकोटका उप प्रमुख, अप्सरा थापाले पुननिर्माण प्रक्रिया छिटो गराउन सबै क्षेत्र सचेत भै लाग्नुपर्छ भन्ने भनाइ रहेको छ ।

भुकम्प पछिको पुननिर्माण प्रक्रिया विद्यामान अबस्था र सामाजिक तथा साँस्कृतिक सवालहरू विषयक कार्यपत्र केन्द्रका घनेन्द्र रिजालले प्रस्तुत गरेका थिए । कार्यपत्रमा उल्लेखित नितिगत सवालमा व्यापक छलफल भएको थियो ।

जिल्ला आयोजना कार्यनयन इकाईका प्रमुख बिकी लाखाले छलफलमा उठेका प्रश्नहरूको जवाफमा सुझाव लिई प्रस्ट्याएका थिए ।

नुवाकोट जिल्ला खेलकुद समितिका अध्यक्ष बुद्धि प्रधान, दुप्चेश्वर गाउँ कार्यपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेल, पञ्चकन्या १ का वडा अध्यक्ष मणि लामिछाने, विदुर नगरकार्यपालिका ६ का वडा अध्यक्ष राजु सडौला एवं अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूको छलफलमा सकृयतापुर्वक सहभागी जनाएको केन्द्रका सचिव हरिराम भण्डारीले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार