असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया