मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रूसी राष्ट्रपति पुटिन चाँडै भारत भ्रमणमा निस्कने तय

राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा भारत सरकार प्रमुखको भ्रमणको निमन्त्रणा स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली, १५ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको बताएका हुन् ।

‘अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणको प्रबन्ध मिलाइएको छ,’ लाभरोभले रूसी अन्तर्राष्ट्रिय मामिला परिषदद्वारा आयोजित ‘रसिया र भारतः नयाँ द्विपक्षीय एजेन्डा’ शीर्षकको सम्मेलनमा आफ्नो भिडियो सम्बोधनमा भने।

रुसी विदेशमन्त्रीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले भन्यो, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारत सरकार प्रमुखको भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन्। रुसी राष्ट्रपतिको भारत भ्रमणको तयारी भइरहेको छ।’

विदेशमन्त्री लाभरोभले गत वर्ष लगातार तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको पहिलो विदेश भ्रमण रुस भएको स्मरण गरेका थिए । उनले भने, ‘अब हाम्रो पालो हो ।’ तर, पुटिनको भारत भ्रमणको मिति भने अझै खुलाइएको छैन ।

प्रधानमन्त्री मोदीले गत वर्ष जुलाईमा रुसको भ्रमण गरेका थिए । जुन पछिल्लो ५ वर्षमा उनको यो देशको पहिलो भ्रमण थियो। यसअघि उनले सन् २०१९ मा सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको आर्थिक सम्मेलनमा भाग लिन गएका थिए।

आफ्नो पछिल्लो भ्रमणका क्रममा मोदीले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए । यसअघि मार्च २४ मा विदेशमन्त्री लाभरोभले रुसले आफ्नो नजिकको मित्र भारतसँग ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ विकास गरिरहेकोसमेत बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार