असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोट आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोट आउनुहुने भएको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गर्न लागेको क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागि हुनका लागि सभपाति देउवा नुवाकोट आउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सचिव रामजी पौडेलले जानकारी दिनुभयो ।

आगामी जेष्ठ ३२ गते शनिबार जिल्लाको क्षेत्र नं १ को चौघडामा आयोजना गरिने सम्मेलनमा सभापति देउवासहित कांग्रेसका वरिष्ठ नेताहरु समेत सहभागित हुने बताइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभपाति विजय गच्छदार,सहमाहामन्त्री डा प्रकाशशरण महत,कांग्रेस नेताहरु अर्जुननरसिंह केसी,डा रामशरण महत,प्रवक्ता,विश्वप्रकाश शर्मा,कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामालगायतका केन्द्रीय नेताहरुलाई निमन्त्रणा गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि क्षेत्रीय समिति मातहतमा रहेका सबै निकायलाई परिचालन गरिएको सचिव पौडेलले जानकारी दिनुभयो । नुवाकोट पुकार साप्ताहिबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार