वैशाख १३, २०८१ बिहिबार April 25, 2024

साझा विवेकशीलको मान्यता र देशको वर्तमान अवस्था–दामोदर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साझा विवेकशील पार्टी छोटो समयमा नै देशको राजनीतिक खुड्किलो चढि देशव्यापी सांगठनिक संरचनमा पुगेको छ । सु–संस्कृृत राजनीति र समतामुलक समृद्धि यसको मुल लक्ष्य हो भने कल्याणकारी लोकतन्त्र यसको दर्शन हो । जिम्मेवार नागरिक उद्यमशील समाजसेवक सरकार कल्याणकारी राज्य र स्वाभीमानी देश,साझा विवेकशील पार्टीको विश्वास हो । जसबाट देशको समृद्धि सम्भव पनि छ ।

नेपाल भन्दा अतिनै प्रतिकुल अवस्थामा भएका देशले दुत्र गतिमा प्रगती गर्दा नेपाल चाहि स्रोत साधनले सम्पन्न हुँदा हुँदै पनि अत्यन्तै विपन्न रहि रह्यो । सरकार सँधै अस्थिर भ्रष्ट हुँदै गयो । दशकौंसम्म राजनीति गरेका दल र तीनका सबै जसो नेताले स्थिर सु–सस्कृत र विकासमुखी राजनीतिको भरपर्दौ कुनै संकेत देखाएनन्,त्यसकारण सु–सस्कृृत राजनीतिको बलियो जगसहित उत्पादनमुखी समाज र दिगो विकासका लागि उपलब्ध सबै अवसरको पुर्ण सदुपयोग गरी एकै पुस्तामा नेपाललाई रुपान्तरण गर्ने दृढ विश्वासकासाथ साझा विवेकशील पार्टी अगाडि बढिरहेको छ ।

जनतामा विश्वास गर्ने यो पार्टी अहिंसात्मक राजनीतिक गतिविधि,विधिको शासनयुक्त समावेशी र समातामुलक समाज अनि लोकतान्त्रिक संविधानको सर्वोच्चता मन वचन र कर्मले विश्वास,राजनीति पेशा होइन, सेवा मुलक हुनुपर्दछ र पार्टी अनि सत्ताको नेतृत्वमा उत्कृष्ट र क्षमतावानहरुको सहभागितालाई प्राथमिकतामा राखी चुनिएका प्रतिनिधिलाई दुई तिहाई बहुमतले फिर्ता बोलाउन पाउने व्यवस्थाको पक्षमा आफुलाई उभ्याएको छ । बन्द हड्ताल,विध्वंसात्मक तथा हिंम्सात्मक आन्दोलन जस्ता विकृत राजनीतिक गतिविधि यो पार्टीले गर्दैन भने कर्मचारी डाक्टर,इन्जिनियर,वकिल,पत्रकार,शिक्षक,प्राध्यापक जस्ता पेशाकर्मी र तथा विद्यार्थीहरुको भगिनी संस्थाको संगठन बनाउन हुँदैन भन्ने यो पार्टीको धारणा छ । राजनीतिलाई कुनैपनि आवरणमा राज्य स्रोतको दोहन गर्ने माध्यम बनाउनु हुँदैन र सामाजिक जनजीवनलाई अनावश्यक रुपमा राजनीतिकरण गर्नु हुदैन भन्ने मान्यता साझा विवेकशीलले राख्दै आएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन धेरै भयो,तर देश र जनताको परिवर्तन गर्ने खालको राजनीति दलमा राजनेता जन्मिएनन्,व्यवस्था परिवर्तन गर्ने जेलनेल र दुःख भोगेका नेता सरकारमा पुग्ने वित्तिक्कै कता हो कता ‘कुहीरोको काग’ झै हराउने गरेको देखिया,उनीहरु आफु र आफ्ना खास मान्छे बन्न र बनाउन लागि परे ,देशप्रतिको कसम सत्तामा पुग्ने मुल मन्त्र मात्रै भयो । व्यवस्था परिवर्तन आफुले गरेको अनि त्यसको सम्पुर्ण स्वाँवाब्याज मैले खान पाउनपर्दछ र म र मेरो परिवार नातागोता,त्यसका हकदार हुन भन्ने दरिद्रताका कारण आजसम्म नेता मात्रै बने देश र जनता बन्न सकेनन् । राजनीति पेशा हो भन्ने सोच अझ पनि कतिपय ठुल देखिएका पार्टी नेताहरुलाई छ । त्यस्ता सोच रहुन्जेल देशप्रतिको जिम्मेवारी त्यो वर्गबाट सम्भव छैन ।

राजनीति सेवा हो भन्ने भावनाको विकास हुनुपर्दछ । जनप्रतिनिधि चुनिएपछि राज्यको विकास गर्ने,जागिर कर्मचारी हु भन्ने ज्ञान उनीहरुमा हुनुपर्दछ,तर वर्तमान ठुला पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई त्यस प्रकारको हेक्का नै छैन । उनीहरुको व्यवहारबाट त्यो देख्न पाइएको छैन । आफु राजनीति किन र के का लागि जनताप्रतिको आफ््नो दायित्व के हो र जनताको अपेक्षा र विश्वास के छ बुझ्ने कोशिष राजनीतिकर्मीले गर्नुपर्दछ । यि र यस्ता खाले सोचबुझले निकास नपाउन्जेल देशको विकास र समृद्धि सम्भव छैन,आज देश झन झन गरिब र पछाडि परी रहेको छ ।

यि सबै कुराहरुको चिरफार गर्ने,सयौं वर्षदेखिको भ्रष्टाचारको जालो तोड्ने र समृद्धि यहि पुस्ता ल्याउने अठोटकासाथ वैकल्पिक राजनीतिक शक्तिको रुपमा साझा विवेकशील पार्टीको जन्म भएको हो । यो पार्टी कुरा मात्रै होइन, काममा विश्वास गर्दछ काम गरेर देखाउन सक्नु ठुलो कुरा हो । हुन नसक्ने झुटको खेती गर्नुहुदैन भन्ने कुरामा सजग पनि छ । त्यसैले जनतामा यि कुराहरु व्यापक रुपमा सु–सुचित गर्ने अभियान लिएर तीन महिने संनठन विस्तारको लक्ष्यकासाथ पार्टी मेची –महाकाली यात्रामा निश्किएको छ ।

जनताले गुण र दोष केलाएर मात्र राजनीतिक पार्टीलाई समर्थन गर्नु पर्दछ र सेवामुलक राजनीतिले मात्रै सु–संस्कृति राजनीति बन्दछ भन्नेमा साझा विवेकशील पार्टी आम जनसमुदायमा अपिल गर्दछ । (लेखक साझा विवेकशील पार्टी नुवाकोटका संयोजक हुनुहुन्छ)।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया