जेठ ६, २०८१ आइतबार May 19, 2024

शेरबहादुर देउवा लचिलो हुन खोज्दा साथीहरूले अनूचित फाइदा लिए : गोपालमान श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाईजात्रा गईसक्यो तर नेपाली कांग्रेसमा फेरि गाईजात्रा सुरु भयो । पार्टी सभापति शेरबहादुर देउवाले बेमौसमको बाजा बजाउनुभयो, विभाग गठन गरेर भन्ने आरोप छ नि ? के भन्नुहुन्छ ?

शेरबहादुरजीलाई धन्यवाद दिनुहोस् किनभन्दा ढिलै भए पनि शेरबहादुरजीले विभागहरू गठन गर्नुभयो । २० वटा विभागहरूलाई पूर्णता दिनुभयो, उहाँलाई धन्यवाद दिनुहोस् ।

किन धन्यवाद दिने ? तपाईहरूले साँढे चार वर्षपछि आएर विभाग गठन गर्नु महान काम हो र ? महाधिवेशनको २ महिनाभित्रै गर्नुपर्ने काम चाँढे चार वर्षपछि गर्दाखेरि पनि तपाई सभापतिजीलाई धन्यवाद दिनुहोस् भन्नुहुन्छ ?

शेरबहादुर लचिलो हुन खोज्दा साथीहरूले अनूचित फाइदा लिए । अर्को पक्षले अनूचित फाइदा शेरबहादुरलाई कमजोर बनाउँछु भनेर लिएको होला तर पार्टी नै कमजोर भयो । अब १ महिना बाँकी हुँदा विभागहरू गठन गर्दा देशभरिका सदस्य साथीहरू चलायमान हुन्छन् ।

होइन, अहिले त महाधिवेशनको लागि जाने हो नि ? तपाईहरू विभाग गठन गरेर केन्द्रिय सदस्य मनोनयन गरेर कांग्रेसलाई सिध्याउने, भताभुंग बनाउनेतिर किन लाग्नुभयो ?

हामीले फागुनका ६, ७ र ८ गते भनेका छौँ, महाधिवेशनका लागि सक्रिय सदस्यताको फारमहरू पठाउने कामहरू भईरहेको छ । गाउँ-गाउँमा, जिल्ला-जिल्लामा, कोरोनाको त्रास छ, अहिले सामाजिक दुरी राखेर सदस्यता फारमहरू भराउने कामहरू भएको छ । महामारीको यो चपेटा रहिरहेको छ । केही कामहरू ढिला भईरहेको छ ।

विगतमा पनि कांग्रेस सभापति शुशील कोइरालाको कार्यकालमा विभागहरू गठन गर्दाखेरि शेरबहादुर देउवाले हामी बस्दैनौँ भनिसकेपछि खारेज भएको थियो नि ?

त्यतिखेर शुशील कोइरालाले विभागीय प्रमुखलाई कुनै पनि अधिकार दिनुभएको थिएन । त्यसले गर्दाखेरि असहमति भएको हो । हामी यो पार्टीलाई चलायमान बनाएर ६ महिना पहिले विभागीय प्रमुखहरू घोषणा गर्नुभएको हो । यो कोभिडले गर्दाखेरि समया लियो । साथीहरूको धेरै इच्छा छ । अब हामीले अरू विभागहरू पनि निकट भविष्यमा नै अरू विभागहरूलाई पूर्णता दिन लागिरहेका छौँ ।

तपाईले राम्रोसँग सुन्नुभएको छ डा. शेखर कोइरालाको प्रतिक्रिया ? शेरबहादुर देउवाको शैली कहिल्यै परिवर्तन भएन भनेर उहाँले भन्नुभएको छ ?

डेमोक्रेसी आईसक्यो । डेमोक्रेसीमा भन्न पाइन्छ । उहाँहरूले जे कुरा भन्नुभएको छ, आँफैले पनि ऐना हेरे हुन्छ । त्यो उहाँको नजरमा होला । पार्टीलाई सुधार्ने काममा उहाँले सहयोग गर्नुपर्छ । पार्टीलाई असहयोग गर्ने अनि अरूलाई दोष लगाएर उम्कन पाईन्छ ?

तपाईहरू विभाग खारेज गर्ने कि नगर्ने ? रामचन्द्र पौडेलले विभाग खारेज नगरे दुर्घटना हुन्छ भनेर सार्वजनिक रुपमै चेतावनी दिनुभएको छ नि ?

विभाग खारेज गर्नको लागि होइन । साथीहरू एकदमै आकांक्षी छन् । अरू विभागहरू पनि एकदुई दिनमै विभागीय प्रमुखका लागि निर्माण हुने क्रममा छ । अब भदौ लागेपछि हाम्रो प्रशासनिक कार्य सुरु हुन्छ । हामीहरू साथीभाइहरूसँग भेटघाट गर्छौँ ।

उसो भए तोकिएकै मितिमा तपाईको पार्टीको महाधिवेशन हुन्छ ?

यो महामारीको समयसँग भर पर्छ । हामी कोशिस गर्छौँ । कोभिडको अवस्था भयावह भयो भने हामीसँग एउटा संवैधानिक विकल्प छ, समय थपेर महाधिवेशन हुन्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया