मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हिजबुल्लाहका कमाण्डर मारिएको इजरायलको दाबी

उत्तरी इजरायलको माथिल्लो गालील क्षेत्रतर्फ थुप्रै क्षेप्यास्त्र आक्रमणहरूमा संलग्न हिजबुल्लाहका तोपखाना कमान्डरको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लेबनानको दक्षिणी भागमा युद्धविरामका बावजुद सोमबार भएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमाण्डरको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गत नोभेम्बर २७ मा इरान समर्थित हिजबुल्लाह समूहसँग एक वर्षभन्दा बढी समयदेखि जारी युद्धविराम र दुई महिनालामो युद्धपछि इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘इजरायली शत्रुले सोमबार सीमा नजिकैको तैबेह शहरमा गरेको आक्रमणमा परी एक नागरिकको मृत्यु भएको छ ।’इजरायली सेनाले आफ्नो आक्रमणबाट युद्धको समयमा उत्तरी इजरायलको माथिल्लो गालील क्षेत्रतर्फ थुप्रै क्षेप्यास्त्र आक्रमणहरूमा संलग्न हिजबुल्लाहका तोपखाना कमान्डरको मृत्यु भएको जनाएको छ ।

लेबनानको सरकारी समाचार संस्था नेसनल न्यूज एजेन्सी (एनएनए) का अनुसार दक्षिण लेबनानको मर्जायोन जिल्लामा रहेको उक्त शहरमा मोटरसाइकल मर्मत गर्ने एक पसल अगाडि आक्रमण भएको हो । आइतबार लेबनानले दक्षिण लेबनानको जिबकिनमा इजरायली आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएको थियो भने इजरायली सेनाले उक्त क्षेत्रमा हिजबुल्लाहका कार्यकर्तालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

एनएनएले आइतबार दक्षिण लेबनानको नाकुरा क्षेत्रमा अस्थाई घरहरूमा इजरायलले आक्रमण गरेको जनाएको छ। यस्ता संरचनाहरू सामान्यतया द्वन्द्वमा घर फर्कने घर भत्किएका बासिन्दाहरूका लागि बनाइएका छन् ।

गत हप्ता इजरायली आक्रमणले दक्षिण लेबनानका अन्य स्थानहरू र हिजबुल्लाहको दक्षिणी बेरुत किल्लालाई समेत निशाना बनाएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार