मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग

जनवरी १९ मा हस्ताक्षर गरिएको इजरायल र हमास बीचको युद्धविराम सम्झौता कार्यान्वयन गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २६ चैत । इजिप्ट, फ्रान्स र जोर्डनले गाजामा तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन् ।

इजिप्टको राजधानी कायरोमा भएको त्रिपक्षीय शिखर सम्मेलनपछि संयुक्त विज्ञप्तिमा यी टिप्पणीहरू आएका हुन् । जसमा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जोर्डनका राजा अब्दुल्लाह द्वितीयलाई भेला गरिएको थियो ।

नेताहरूले जनवरी १९ मा हस्ताक्षर गरिएको इजरायल र हमास बीचको युद्धविराम सम्झौता कार्यान्वयन गर्न आह्वान गर्नुभयो । जसमा सबै बन्धक र बन्दीहरूको रिहाइ र उनीहरूको सुरक्षाको ग्यारेन्टी तोकिएको छ । नेताहरूले नागरिक र मानवीय कामदारहरूको सुरक्षा र सहायतामा पूर्ण पहुँच सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत पूरा गर्नुपर्ने दायित्वहरू हुन् भन्ने कुरामा जोड दिनुभयो ।

तीन नेताहरूले पश्चिम किनार र पूर्वी जेरुसेलममा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार