बैसाख ७, २०८२ आइतबार April 20, 2025

अमेरिकाको न्युयोर्कमा हेलिकोप्टर दुर्घटना : तीन बालबालिकासहित ६ जनाको मृत्यु

हेलिकोप्टर आकाशमै असन्तुलित भई टुक्रिएर नदीमा खसेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको न्युयोर्क सिटीमा बिहीबार भएको हेलिकोप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

दिउँसो करिब ३ बजे हडसन नदीमा हेलिकोप्टर खस्दा सबै सवारको ज्यान गएको हो । मेयर एरिक एडम्सका अनुसार हेलिकोप्टर डाउनटाउन हेलिपोर्टबाट उडेर म्यानहट्टन स्काइलाइन हुँदै स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कँदै थियो । हेलिकोप्टर उडेको १८ मिनेटमै दुर्घटना भयो ।

सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टरमा स्पेनबाट आएका पर्यटक सवार थिए । भिडियो र प्रत्यक्षदर्शीअनुसार हेलिकोप्टर आकाशमै असन्तुलित भई टुक्रिन थालिएको र त्यसपछि नदीमा खसेको देखिएको छ ।

घटनाबारे अमेरिकी यातायात सुरक्षा बोर्डले अनुसन्धान सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार