माघ २४, २०८२ शनिबार February 7, 2026

अमेरिकाको न्युयोर्कमा हेलिकोप्टर दुर्घटना : तीन बालबालिकासहित ६ जनाको मृत्यु

हेलिकोप्टर आकाशमै असन्तुलित भई टुक्रिएर नदीमा खसेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको न्युयोर्क सिटीमा बिहीबार भएको हेलिकोप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

दिउँसो करिब ३ बजे हडसन नदीमा हेलिकोप्टर खस्दा सबै सवारको ज्यान गएको हो । मेयर एरिक एडम्सका अनुसार हेलिकोप्टर डाउनटाउन हेलिपोर्टबाट उडेर म्यानहट्टन स्काइलाइन हुँदै स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कँदै थियो । हेलिकोप्टर उडेको १८ मिनेटमै दुर्घटना भयो ।

सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टरमा स्पेनबाट आएका पर्यटक सवार थिए । भिडियो र प्रत्यक्षदर्शीअनुसार हेलिकोप्टर आकाशमै असन्तुलित भई टुक्रिन थालिएको र त्यसपछि नदीमा खसेको देखिएको छ ।

घटनाबारे अमेरिकी यातायात सुरक्षा बोर्डले अनुसन्धान सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ २४, शनिबार
आज शनिबार, शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल
२०८२ माघ २४, शनिबार
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार