कार्तिक ९, २०८३ सोमबार October 26, 2026

पत्रकार सुवेदी विरुद्ध कलाकार संघमा उजुरी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी परेको छ । नायिका पूजा शर्माले सेवेदी बिरुद्ध उजुरी  दिएकी छन् ।

पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

बिहिबार सार्वजनिक कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए ।

उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजाले नाम नतोके पनि आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी हालेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया