कार्तिक १४, २०८३ शनिबार October 31, 2026

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

उद्घाटन पश्चात् भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खजुरा (बाँके), ६ वैशाखः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ ।”

उद्घाटन समारोहमा मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दलगायतले बोल्नुभएको थियो ।

उद्घाटन पश्चात् भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शून्य गोल अन्तरले त्रिभुवन आर्मी क्लब बिजयी भएको हो । यो जितसँगै त्रिभुवन आर्मीक्लबले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा यही वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टिमले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार