मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

डोनाल्ड ट्रम्प मे १३ मा मध्यपुर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिंगटन डिसी, १० बैशाख । अमेरिकी राष्ट्रपति मध्य पुर्वी एसियाको भ्रमणमा निस्कने भएका छन् ।

ह्वाइट हासउका अनुसार राष्ट्रपति ट्रम्पले मे १३ देखि १६ सम्म साउदी अरेबिया, कतार र युएईको भ्रमणमा जाने भएका हुन् ।

ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले आज राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको मिति घोषणा गरेकी हुन । ‘उहाँ मे १३ देखि मे १६ सम्म साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुनेछ, उनले भनिन्। उनले इजरायललाई ट्रम्पले भ्रमण गर्ने देशहरूको सूचीमा नराखेको बताइन् ।

साथै, प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्नेछन् । उनका अनुसार आगामी शुक्रबार रोम  प्रस्थान गर्ने उनी भोलीपल्ट अर्थात शनिबार फर्कने छन्।

गत २१ अप्रिलमा पोपको ८८ बर्षको उमेरमा निधन भएको थियो, क्याथोलिक धर्मका सबैभन्दा ठुला ब्यक्तित्वको अन्तिम संस्कार अप्रिल २६ मा हुने भ्याटिकन सिटीले जनाइसकेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार