असार २१, २०८२ शनिबार July 5, 2025

दक्षिण कोरियाली पूर्व राष्ट्रपति युनमाथि अधिकारको दुरुपयोगका लागि अभियोग

मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, वैशाख १८ गते । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उहाँको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको कानुनी खतरा थप बढाएको छ ।

नयाँ अभियोग त्यस बेला आएको छ जतिबेला युनले आफ्नो डिसेम्बर ३ को मार्सल ल प्रयाससँग विद्रोह गराएको आरोपमा मुद्दा चलिरहेको छ । मार्सल लले प्रजातान्त्रिक दक्षिण कोरियामा नागरिक शासन निलम्बन गर्न खोजेको थियो ।

आदेशअन्तर्गत सशस्त्र सैनिकहरू संसदमा तैनाथ गरिएका थिए, तर विपक्षी सांसदहरूले त्यसलाई छिटो मतदान मार्फत अस्वीकार गरेकाले आदेश मात्र लगभग छ घण्टा मात्र रह्यो । मतदान गर्न विपक्षी सांसदहरू भवनमा प्रवेश गर्न बार चढेका थिए । पछि उनीहरूले मार्सल ल घोषणाका कारण युनमाथि महाभियोग लगाएका थिए ।

चौँसठ्ठी वर्षीय युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोग प्रस्तावलाई समर्थन गर्ने सबै शक्ति र विशेषाधिकारबाट वञ्चित गरेको थियो । उहाँ चाँडै राष्ट्रपति निवासबाट बाहिर निस्कन बाध्य हुनुभयो ।

‘विद्रोहको प्रमुख’ का रूपमा राष्ट्रपति रहँदा अभियोजकहरूले पहिलो पटक जनवरीमा युनलाई अभियोग लगाएका थिए । उक्त महाअभियोगलाई राष्ट्रपति उन्मुक्तिले समेट्दैन ।

“हामीले त्यसपछि अधिकारको दुरुपयोगको आरोपमा पूरक अनुसन्धान गर्दै (विद्रोह) मुद्दा अगाडि बढाएका छौँ, जसले यो अतिरिक्त अभियोग निम्त्याएको छ”, अभियोजकहरूले बिहीबार एक विज्ञप्तिमा भने ।

अनुसन्धानकर्ताहरूले सियोलमा युनको निजी निवासमा छापा मारेको एक दिनपछि उहाँकी पत्नी किम केओन ही र पूर्व प्रथम महिलाका तर्फबाट भव्य उपहार प्राप्त गरेको आरोपमा एक शामन संलग्न घुसखोरीको आरोपको अनुसन्धानको एक भागका रूपमा नयाँ आरोप आएको छ ।

विद्रोहको अभियोगमा दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ । यद्यपि दक्षिण कोरियाले सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाएको छ ।

युन पदबाट हटाइएका दोस्रो दक्षिण कोरियाली राष्ट्रपति र संसदद्वारा महाभियोग लगाइएका तेस्रो राष्ट्रपति हुनुहुन्थ्यो । युन पदबाट बाहिर भएपछि दक्षिण कोरियाले जुन ३ मा आकस्मिक चुनाव गर्ने तयारी गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार