मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त

गत हप्ता अपहरणमा परेका ती व्यक्तिलाई खोज्न प्रहरीले सप्ताहन्तमा छापा मारेको अभियोजनकर्ताले बताए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेल अभिभ, वैशाख २१ गते । फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल पार्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ ।

गत हप्ता अपहरणमा परेका ती व्यक्तिलाई खोज्न प्रहरीले सप्ताहन्तमा छापा मारेको अभियोजनकर्ताले बताएका छन् ।

अभियोजनकर्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ती व्यक्तिको पहिचान नखुलाइएको तर पेरिसको उपनगर एसोनबाट शनिबार राति प्रहरीले छापा मारी उहाँलाई अपहरणमुक्त गरेको हो ।”

उहाँलाई बिहीबार मध्यरातमा पेरिसको दक्षिणी १४ औं इलाकाबाट अपहरण गरिएको थियो ।

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले स्की मास्क लगाएका चार जनाले उहाँलाई डेलिभरी भ्यान हाली अपहरण गरेको बताएका छन् ।

अभियोजनकर्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीडित व्यक्ति क्रिप्टोकरेन्सीमा पैसा कमाउने व्यक्तिका पिता भएको प्रारम्भिक अनुमान गरिएको छ।”

अपहरणकारीले ५० लाखदेखि ७० लाख युरो (५७ लाख देखि ७९ लाख अमेरिकी डलर) फिरौती माग गरेको ‘ले पेरिसियन’ पत्रिकामा समाचार छापिएको थियो ।

अनुसन्धानमा संलग्न एक स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अपहरित व्यक्तिको एउटा औँला काटिएको अवस्थामा भेटिएको छ । स्रोतले भन्यो, “प्रहरीले छापा नमारेकोे भए उहाँको अन्य अङ्भङ्ग हुने डर थियो ।”

‘अपराधीहरूले प्रयोग गरेको हुन सक्ने’ गाडी चलाइरहेका संदिग्धलाई हिरासतमा लिएपछि अभियोजकहरूले पक्राउ पर्नेको सङ्ख्या चारबाट पाँच पुगेको बताएका छन् र उनीहरू सबै २० वर्षभन्दा माथिका रहेका बताइएको छ ।

फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो रिटेललेउले एक्समा एक सन्देश जारी गर्दै ती व्यक्तिलाई मुक्त गर्न प्रहरीले चलाएको ‘निर्णायक’ अभियानको प्रशंसा गर्नुभएको छ ।

माल्टाको एक क्रिप्टो मार्केटिङ फर्मका मालिक उहाँका पति र धनाढ्य छोरालाई विगतमा धम्कीको निशाना बनाइएको पीडितकी श्रीमतीले अनुसन्धानकर्तासँग बताउनुभएको छ ।

जनवरी २१ मा एक फ्रान्सेली क्रिप्टो मालिक र उहाँको साथीको अपहरणपछि भएको यो पछिल्लो अपहरणको घटना हो । पीडित डेभिड बाल्यान्डले क्रिप्टो फर्म लेजरको सह–स्थापना गर्नुभएको थियो भने यसको मूल्य एक अर्ब डलरभन्दा बढी थियो ।

अपहरणकारीहरूले बाल्यान्डको औँला काटिदिएका र मोटो फिरौतीको माग गरेका बुझिएको छ । अपहरित व्यक्ति बाल्यान्डकी  प्रेमिका पेरिसको एसोनको उपनगरमा कारको सामान राख्ने ठाउँमा बाँधिएको अवस्थामा फेला पर्नुभएको थियो ।

उक्त घटनामा नौ जना शङ्कास्पद व्यक्तिहरू आपराधिक अनुसन्धानको दायरामा छन्, जसमा यसअघि पनि प्रहरीकोमा अपहरणको मुद्दा परेका २६ वर्षीय कुख्यात संदिग्ध पनि समावेश छन् ।

यसअघि जनवरीमा पनि ५६ वर्षीय एक व्यक्ति म्यान्स शहर नजिकै कारको बुट (सामान राख्ने ठाउँ)मा भेटिनुभएको थियो । उहाँ दुबईबाट सञ्चालित एक क्रिप्टो–इन्फ्लुएन्सरका पिता हुनुहुन्थ्यो जसले आफ्नो मुनाफाबारे अनलाइनमा घमण्ड गरेपछि अपहरण गरिएको र पछि फिरौतीको पनि माग गरिएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार