असार २३, २०८२ सोमबार July 7, 2025

सातामा ७ हजार ३०० रुपैयाँले बढ्यो सुन

एक साताको अवधिमा चाँदीको मूल्य तोलामा ३ रुपैयाँ बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ७ हजार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २९ गते शुक्रबारदेखि वैशाख २६ गते शुक्रबारसम्मको अवधिमा छापावाल सुनको मूल्य तोलामा ७ हजार ३०० रुपैयाँ बढेको हो। शनिबार भने सार्वजनिक बिदा भएकाले शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार वैशाख १९ गते सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम थियो । त्यसको पर्सिपल्ट १ लाख ८४ हजार १०० तथा २२ गते तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भयो ।

यस्तै २३ गते सुनको मूल्य ह्वात्तै बढेर १ लाख ८९ हजार ९०० पुग्दा २४ गते थप बढेर १ लाख ९१ हजार ६०० रुपैयाँ पुग्यो । यस्तै २५ गते १ लाख ९२ हजार २०० रुपैयाँ पुग्दा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने केही करेक्सन भएर १ लाख ९० हजार ८०० कायम भयो । तैपनि साताको हिसाबमा भने सुनको मूल्य भारी वृद्धि भएको हो ।

महासंघका अनुसार एक साताको अवधिमा चाँदीको मूल्य पनि तोलामा ३ रुपैयाँ बढेको छ । यस आधारमा हाल चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया