असार २३, २०८२ सोमबार July 7, 2025

मुद्दती निक्षेपमा औसत ब्याजदर ५.९५ प्रतिशत, १४ बैंकले पुरानै दर कायम

कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर घटाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बुधबारदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ५.९५ प्रतिशत कायम गरिएको छ भने संस्थागत निक्षेपको औसत ब्याजदर ४.३९ प्रतिशत रहेको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले वैशाख महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन्। कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंकले भने ब्याजदर वृद्धि गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया