काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो । उता चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ।
जसअनुसार बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया