मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फुकुसिमा प्रतिबन्धपछि चीन र जापान समुद्री खाना आयात पुनः सुरु गर्न नजिक

निर्यातसम्बन्धी सुविधाहरूका लागि पुनः दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुनः सुरु हुनेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, १६ जेठ (रासस/एएफपी) : चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो ।

यस कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर बेइजिङबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस हप्ता बेइजिङमा जापानी अधिकारीहरूसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले शुक्रबार प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको थियो ।

“यस वर्ष अहिलेसम्म दुई पक्षले धेरै चरणका प्राविधिक आदानप्रदान गरेका छन्”, बेइजिङको भन्सार प्रशासनले थप विवरण नदिई एक विज्ञप्तिमा भन्यो ।

जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले बेइजिङ र टोकियोले ‘चीनमा मत्स्य उत्पादनहरूको निर्यात पुनः सुरु गर्न आवश्यक प्राविधिक आवश्यकताहरूबारे सहमतिमा पुगेको’ बताउनुभयो ।

“निर्यातसम्बन्धी सुविधाहरूका लागि पुनः दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुनः सुरु हुनेछ”, हयासीले शुक्रबार भन्नुभयो, “हामी यसलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा लिन्छौँ ।”

यसअघि चीनले फेब्रुअरीमा फुकुसिमा प्लान्ट नजिकै स्वतन्त्र रूपमा सङ्कलन गरेको समुद्री पानी र समुद्री जीवको नमूनामा कुनै असामान्यता नभेटिएको तर प्रतिबन्ध खारेज गर्नुअघि थप परीक्षण आवश्यक रहेको सङ्केत गरेको थियो ।

सन् २०११ मा एउटा ठूलो भूकम्पले घातक सुनामी निम्त्यायो र यसले फुकुसिमा आणविक सुविधालाई डुबाएको थियो भने यसका छ वटा रिएक्टरमध्ये तीन वटालाई पग्लन बाध्य तुल्याएको थियो ।

जापानसँगको सम्बन्ध टोकियोको साम्राज्यवादी विरासतले गर्दा लामो समयदेखि तनावपूर्ण रहेको चीनले प्रशोधित फोहोर पानीलाई वातावरणीय रूपमा गैरजिम्मेवार भएको भन्दै निकासीको कडा विरोध गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार