मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

आइतवार नै रुसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कीभ (युक्रेन), जेठ १९ गते । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो ।

कीभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ ।हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको मागको सामना गरिरहेको छ ।

गत महिना सीमा नजिकै तालिम लिइरहेका छ जनाको रुसी आक्रमणमा मृत्यु भएको थियो, जसलाई एक युक्रेनी विपक्षी नेताले सेनाको नेतृत्वद्वारा गरिएको ‘अपराध’ को संज्ञा दिनुभएका थिए ।

“आज, जुन १ मा युक्रेनी सेनाको एक तालिम इकाई अवस्थित स्थानमा मिसाइल आक्रमण गरेको युक्रेनी सेनाले एक विज्ञप्तिमा जनाएको छ ।” स्थानीय समय अनुसार दिउँसो १२ः५० बजे सम्म कम्तीमा १२ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ ।

यसबाहेक, आइतवार नै रुसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त क्षेत्रमा मस्कोले नयाँ स्थलआधारित आक्रमण सुरु गर्न सक्ने भन्दै कीभले चिन्ता व्यक्त गरेको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार, रुसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको र सीमा पारि ५० हजारभन्दा बढी सैनिकहरू परिचालन गरिसकेको छ ।

सुरक्षा कारणवश सो क्षेत्रमा २०० भन्दा बढी गाउँहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार