मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

‘अनधिकृत’ जहाजलाई गाजाको नौसेना नाकाबन्दी उल्लङ्घन नगरी फर्किन इजरायली सरकारको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, २६ जेठ : इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध गरेको छ । डुङ्गामा स्विडेनकी अभियानकर्ता ग्रेटा थनबर्गलगायत कार्यकर्ताहरू प्यालेस्टिनी क्षेत्रमा सहायता लिएर जाँदै थिए ।

संयुक्त राष्ट्रसङ्घले ‘पृथ्वीमा सबैभन्दा अनिकालको ठाउँ’ भनेको गाजामा खाद्यान्नको अभावबारे चेतना ल्याउने उद्देश्यले थनबर्ग जुन १ मा इटालीबाट प्रस्थान गर्नुभएको थियो ।

एक्काइस महिनाको युद्धपछि संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको छ ।

इजरायली सेनाले अन्तर्राष्ट्रिय पानीमा जहाजलाई गाजा नजिक आउँदै गर्दा ‘जबरजस्ती रोकेको’ फ्रिडम फ्लोटिला गठबन्धनले एक विज्ञप्तिमा बताएको छ ।

प्यालेस्टिनी समूह हमासले डुङ्गालाई इजरायली बन्दरगाह अशदोदमा लगिएको भन्दै डाइभर्जनको निन्दा गरेको छ ।

इजरायली सरकारले ‘अनधिकृत’ जहाजलाई गाजाको नौसेना नाकाबन्दी उल्लङ्घन नगरी फर्किन आग्रह गरेको बताएको छ ।

आइतबार रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टिनी लडाकूहरूलाई हतियार आयात गर्नबाट रोक्नका लागि इजरायल–हमास युद्धभन्दा धेरै वर्षअघिको नाकाबन्दी आवश्यक रहेको बताउनुभएको थियो ।

डुङ्गालाई डाइभर्ट गरेपछि इजरायलको विदेश मन्त्रालयले लाइफ ज्याकेटमा रहेका कार्यकर्ताहरूलाई पानी र स्यान्डविच दिइरहेको तस्वीर पोस्ट गरेको थियो ।

इजरायलले खाद्यान्न र आधारभूत आपूर्तिको व्यापक अभाव कम गर्न गाजामा थप सहयोगको अनुमति दिन बढ्दो अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ ।

यसले भर्खरै मानवीय वितरणलाई दुई महिनाभन्दा बढी प्रतिबन्ध लगाएपछि पुनः सुरु गर्न अनुमति दिँदै नवगठित अमेरिका समर्थित गाजा मानवतावादी फाउन्डेसन (जिएचएफ) सँग काम गर्न थालेको भए पनि मानवीय संस्थाहरूले जिएचएफको आलोचना गरेका छन् र संयुक्त राष्ट्रसङ्घले यसको अभ्यास र तटस्थतामाथिको चिन्तालाई उद्धृत गर्दै यससँग काम गर्न अस्वीकार गरेको छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार