मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ ।

भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो मौसमको महशुस भएको छ ।

पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले प्रहरीको तथ्याङ्क उद्धृत गर्दै पत्रकारसँग भन्नुभयो, “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।”

माबुयानेका अनुसार मथाथा शहर नजिकै आएको बाढीले १३ जना यात्रु बोकेको एउटा स्कूलबस  बगाउँदा बसमा सवार चार बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना वेपत्ता भएका छन् । उक्त बसमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

उहाँले प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताउनुभयो ।

उक्त क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने ‘महत्वपूर्ण पूर्वाधारहरूमा उल्लेखनीय क्षति’ भएको छ ।

मङ्गलबार तीन जना बालबालिकालाई पानीको बहावबाट बच्न रुखमा घन्टौं बिताएपछि उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार