मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण हुँदा आठ जनाको मृत्यु, २२ बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण गरी उनीहरूलाई डुङ्गाबाट ओर्लन बाध्य पार्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले बुधबार जनाएको छ ।

गत बिहीबार करिब १५० जना यात्रु बोकेको डुङ्गालाई तस्करले रोकी आक्रमण गरेपछि उनीहरू ‘तटदेखि निकै टाढा’ समुद्रमा हाम फाल्न बाध्य भएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यात्रुहरुलाई डुङ्गाबाट समुद्रको पानीमा हाम फाली पौडी खेल्न बाध्य पारिएको थियो।”
तस्करले उक्त समूहलाई किन जहाजबाट ओर्लन बाध्य पारे भन्नेबारे जानकारी खुल्न सकेको छैन ।

हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासीहरू तेलको धनी खाडी मुलुकहरू पुग्ने आशामा जिबुटीदेखि यमनसम्म रेड सी पार गरेर ‘पूर्वी मार्ग’ तय गर्छन्।

आइओएमले गत वर्ष उक्त मार्गमा कम्तीमा ५५८ जनाको मृत्यु भएको र ४६२ जनाको मृत्यु डुङ्गा दुर्घटनाका कारण भएको जनाएको थियो ।

आइओएमका अनुसार गत साता भएको घटनामा कम्तीमा पाँच जनाको शव जिबुटीको तटीय क्षेत्रमा बगेको अवस्थामा भेटिएको छ ।

आइओएमका पूर्व, मध्य र दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक सेलेस्टाइन फ्रान्ट्जले भन्नुभयो, “यी युवाहरूलाई मानव जीवनको कुनै मतलव नगर्ने तस्करहरूले असम्भव विकल्पहरू रोज्न बाध्य पारेका थिए ।”

“समुद्रमा हराएका हरेक जीवन एक त्रासदी हो जुन कहिल्यै हुनु हुँदैन,“ उहाँले थप्नुभयो ।

आइओएमका अनुसार सन् २०२४ मा ‘समुद्ररहित डुङ्गाको प्रयोग, पानीजहाजको अत्यधिक भीडभाड, खराब समुद्री परिस्थितिमा आवागमन गर्ने र तस्करहरूले मानिसहरूलाई समुद्रमा ओर्लन बाध्य पारेका कारण छ वटा ठूला जहाजहरू दुर्घटनामा परेका थिए।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार