मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जर्मनीका रक्षामन्त्री किएभ भ्रमणमा

जर्मन चान्सलर फ्रिड्रिक मर्जले पदभार सम्हालेपछि यो पिस्टोरियसको युक्रेनको पहिलो भ्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्लिन  । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुग्नुभएको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् ।

यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ । प्रवक्ताले भ्रमणको विस्तृत विवरण दिएनन् । यो भ्रमण रुसी आक्रमणहरूले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु र ६० जना घाइते भएको एक दिनपछि सुरु भएको हो ।

जर्मन चान्सलर फ्रिड्रिक मर्जले पदभार सम्हालेपछि यो पिस्टोरियसको युक्रेनको पहिलो भ्रमण हो । पिस्टोरियसले अन्तिम पटक जनवरीमा युक्रेनको भ्रमण गर्नुभएको थियो ।

मस्कोले आफ्नो बमबारी बढाएपछि मङ्गलबार मर्जले युक्रेनमा रुसी ‘नागरिक जनसङ्ख्या विरुद्धको आतङ्क’ को आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “रुसको पछिल्लो कार्यहरू गत हप्तामा सैन्य हवाई क्षेत्र र पूर्वाधारमा युक्रेनी आक्रमणको अनुपातमा प्रतिक्रिया बाहेक अरू केही थिएन ।”

मर्जका यी टिप्पणीहरू जुन १५–१७ मा क्यानडामा हुने जी७ शिखर सम्मेलन र महिनाको अन्त्यमा हुने नाटो बैठकअघि आएका हुन् । सम्मेलनमा सहयोगी राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रेमलिनलाई दण्डित गर्न थप आक्रामक हुन दबाब दिनेछन् ।  रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार