चैत्र २८, २०८२ शनिबार April 11, 2026

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

इरानद्धारा जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ असार । इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्।

दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै मिसाइल हानाहान भइरहेको छ ।

समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।

उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।

इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने
२०८२ चैत्र २८, शनिबार
इजरायलको हितलाई प्राथमिकता दिन सकिदैन : इरान
२०८२ चैत्र २८, शनिबार
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
२०८२ चैत्र २८, शनिबार
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल
२०८२ चैत्र २८, शनिबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
२०८२ चैत्र २८, शनिबार
लेँक लागेर बिरामी भएका ६ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण
२०८२ चैत्र २८, शनिबार
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई
२०८२ चैत्र २८, शनिबार