चैत्र २८, २०८२ शनिबार April 11, 2026

अमेरिका-इरान बिच आज हुने भनिएको बार्ता अन्तिममा रद्द

इजरायलले इरान माथी हमला गरेर प्रमुख सैन्य कमाण्डरसहित आणविक बैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपुर्व थप अशान्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ असार । इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ ।

इरान र इजरायलबीच जारी द्वन्द्वका बीच इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबारका लागि तय गरिएको थियो । यसअघि अमेरिका र इरान बिच आणविक बार्ता पटक पटक भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

तर, बार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरान माथी हमला गरेर त्यसका प्रमुख सैन्य कमाण्डरसहित आणविक बैज्ञानिकहरूलाई मारिदिए पछि मध्यपुर्व थप अशान्त बन्न पुगेको बेला यो बार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत बार्ता स्थगित भएको  जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया