असार २८, २०८२ शनिबार July 12, 2025

अहमदावादमा भएको विमान दुर्घटनाको दोस्रो ‘ब्ल्याक बक्स’ फेला

अहिलेसम्म ८० जना पीडितको डीएनए नमूना आफन्तसँग मेल खाएको र ३३ शव परिवारलाई हस्तान्तरण गरिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको अहमदावादमा बिहीबार भएको विमान दुर्घटनामा दोस्रो ‘ब्ल्याक बक्स’ आइतबार फेला परेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी पिके मिश्रले दुर्घटनाअघिको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ फेला परेको पुष्टि गरेका छन्।

यसअघि शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको थियो। अहमदावादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालक दलसहित २४२ यात्रु थिए। एक जना चमत्कारिक रूपमा बाँचे। प्रहरी उपप्रमुख कानन देसाईले हालसम्म २७९ शव गणना भएको बताए। अहिलेसम्म ८० जना पीडितको डीएनए नमूना आफन्तसँग मेल खाएको र ३३ शव परिवारलाई हस्तान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनास्थलमा कम्तीमा ३८ गैरयात्रीको मृत्यु भएको छ। प्रशासनले मृतकको औपचारिक संख्या डीएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने जनाएको छ। एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार