असार २८, २०८२ शनिबार July 12, 2025

इरानको नातान्ज भूमिगत आणविक केन्द्रमा इजरायली आक्रमण, आईएईएद्वारा पुष्टि

इरानको भूमिगत युरेनियम संवर्धन प्लान्टमा क्षति, आईएईएले गम्भीर चासो व्यक्त गर्दै तत्काल निरीक्षणको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भियना, असार ४ गते । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवर्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो ।

“शुक्रबारको आक्रमणपछि सङ्कलन गरिएको स्याटेलाइट तस्वीरको निरन्तर विश्लेषणको आधारमा आइएइएले नतान्जमा भूमिगत संवर्धन कक्षहरूमा प्रत्यक्ष प्रभावहरू सङ्केत गर्ने थप जानकारी पहिचान गरेको छ,” आइएइएले एक्समा सम्प्रेषित एक विज्ञप्तिमा भनिएको छ । आईएईएले यस विषयमा थप विवरण उपलब्ध गराएको छैन ।

नातान्जले आफ्ना दुई संवर्धन प्लान्टहरूमा युरेनियम संवर्धन गर्न प्रयोग गरिने ७० वटा उपकरणहरूलाई पूरयोगमा ल्याएको छ । तीमध्ये एउटा प्लान्ट भूमिगत छ ।

तेहरानले आणविक अस्त्र विकास गर्न लागिेको भनी गरिएका दावीहरूको खण्डन गर्दै आएको छ तर ६० प्रतिशतसम्म युरेनियमलाई संवर्धन गर्दै आएको छ । यो मात्रा सन् २०१५ मा अमेरिका र इरानले प्रमुख शक्तिराष्ट्रहरूसँग गरेको सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी हो ।

एरानले तीनदेखि पाँच प्रतिशतसम्म प्रवर्धित युरेनियमको प्रयोग आणविक ऊर्जा प्लान्टलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिएको २० प्रतिशतसम्म संवर्धित युरेनियमलाई चिकित्सा प्रयोग (क्यान्सर रोगको निदान) का लागि आइसोटोप उत्पादन गर्न प्रयोग गरिएको जनाउने गरेको छ ।

आणविक बम निर्माण गर्न संवर्धनलाई ९० प्रतिशतमा धकेल्नुपर्छ । आईएईएका प्रमुख राफेल ग्रोसीले आफू तत्काल इरान जान इच्छुक रहेको बताउनुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार