मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीनका गोप्य विमान इरान पुग्दा अमेरिका चिन्तित, रूसले मध्यस्थता प्रस्ताव गर्दा ट्रम्पको अस्वीकार

चीनबाट इरानतर्फ गोप्य विमान उडान, रूसको मध्यस्थता प्रस्तावपछि युद्ध विश्वव्यापी बन्ने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इरान-इजरायल युद्धले चर्किएको बेला, पछिल्लो घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको चिन्ता थप बढाएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको संवाद, रूसको मध्यस्थता प्रस्ताव र चीनबाट इरानतर्फ लगातार उडेका गोप्य विमानहरूले अब युद्धको परिधि फराकिलो बन्ने संकेत दिएका छन्।

गत सातादेखि चीनबाट इरानतर्फ उडेका बोइङ ७४७ विमानहरू एकपछि अर्को गर्दै राडारमा देखिएपछि अन्तर्राष्ट्रिय रक्षा विश्लेषक र कूटनीतिक वृत्तमा तरंग फैलिएको छ। फाइटर राइडर २४ को तथ्यांक अनुसार, जुन १४ देखि कम्तीमा पाँचवटा चिनियाँ कार्गो विमान चीनको उत्तरी भागबाट इरानतर्फ उडेका थिए, जसले कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान पार गरेपछि राडारबाट सम्पर्क गुमाए। ती विमानहरू लक्जमबर्ग गन्तव्य देखाइए पनि युरोपेली वायुसीमामा कुनै प्रवेश नगरेको रिपोर्टहरूमा उल्लेख छ।

विश्लेषकहरूका अनुसार यी विमानहरू सैन्य सामग्री, रणनीतिक स्रोत वा संवेदनशील व्यक्तिहरू बोकेका हुनसक्छन्। हेरिटेज फाउन्डेशनका राष्ट्रिय रक्षा केन्द्र निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, “चीन सस्तो र प्रतिबन्धित तेलका लागि इरानमा भर पर्छ। यी उडानहरू चीन–इरान रणनीतिक सहकार्य अन्तर्गतको नयाँ सुरुआत हुनसक्छन्।”

सन् २०२१ मै चीन र इरानबीच २५ वर्षे रणनीतिक साझेदारीमा हस्ताक्षर भएको थियो। तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डीका अनुसार यो साझेदारी अमेरिका र पश्चिमलाई सन्देश हो– “जति टाढा पार्ने प्रयास हुन्छ, उति नै यी राष्ट्रहरू नजिकिन्छन्।”

यता, रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यको पहलस्वरूप मध्यस्थता गर्ने प्रस्ताव राखेका छन्। तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुटिनको प्रस्तावलाई अस्वीकार गर्दै इजरायलप्रति समर्थन जनाएका छन्। इरानले अहिलेसम्म औपचारिक रूपमा कुनै सैन्य सहयोग माग नगरे पनि हालको परिस्थितिले चीन र रूस इरानको पक्षमा खुल्ने संकेत दिएको छ।

जसरी इजरायलले इरानको खोन्डब र अराक जस्ता हेभी वाटर रिएक्टरहरूमा आक्रमण गर्‍यो, त्यसको जवाफमा इरानले पनि इजरायली सञ्चार च्यानल १४ लाई लक्ष्य बनाएर धम्की दिएको छ। युद्धले अब भूराजनीतिक ध्रुविकरणको रूप लिँदै गएको देखिन्छ, जसले वैश्विक सुरक्षामा थप संकट निम्त्याउने संकेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार