मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन

इजरायललाई तत्काल सीमा पार गरेर जीवनरक्षक सहायता वितरण गर्न अनुमति दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, असार ७ गते । गाजामा जारी युद्धका कारण सहायता र पहुँचमा समस्या उत्पन्न भएका छन् । यसले बालकुपोषणको दरमा वृद्दि गरेको छ भन्ने कुरा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जानकारी गराएको छ ।

युनिसेफका अनुसार, मे महिनामा उपचारका लागि भर्ना भएका पाँच वर्ष उमेर समूहका पाँच हजार १०० भन्दा बढी बालबालिकामा अप्रिलको तुलनामा करिब ५० प्रतिशतले कुपोषणको अवस्था देखिएको छ भने, फेब्रुअरीको तुलनामा यो १५० प्रतिशतले बढेको छ । यस वर्षको पहिलो पाँच महिनामा मात्रै गाजामा १६ हजार ७०० भन्दा बढी बालबालिका, अर्थात् हरेक दिन औसत ११२ जना, कुपोषणको उपचारका लागि भर्ना भएका छन् । युनिसेफले यी सबै घटनाहरू रोक्न सकिने भए पनि, आवश्यक पोषण, पानी र स्वास्थ्य सेवा उनीहरूलाई सहजरूपमा उपलब्ध गराउन कठिनाइ भइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले इजरायललाई तत्काल सीमा पार गरेर जीवनरक्षक सहायता वितरण गर्न अनुमति दिन आग्रह गरेको छ । युनिसेफले आफ्नो सीमित स्रोतहरू प्रयोग गरी आवश्यक पोषण सामग्रीहरू वितरण गर्न प्रयास गरेको छ । साथै, सीमा बाहिर हजारौं ट्रकभरि आवश्यक सामग्रीहरू वितरणको प्रतीक्षा गरिरहेका छन् ।

मानवीय सहायता कार्यमा संलग्न ओसिएचएले, यद्यपि केही अनुमति र सुविधा प्राप्त भए पनि, अझै केही प्रयासहरू सफल नभएका जनाएको छ । उत्तरमा इन्धन पठाउन अनुमति दिइएको भए पनि, दक्षिण क्षेत्रमा आवश्यक सेवाहरू सञ्चालन गर्न इन्धनको अभाव र अनुमति प्राप्तमा भएको कठिनाइका कारण समस्या रहेको छ । बुधबार, सीमित मात्रामा इन्धन निकाल्न सकिएको र पानी तथा ढल पम्पिङ स्टेशनहरू सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ ।

साथै, युद्धका कारण सञ्चार सेवाहरू पनि प्रभावित भएका छन् । अप्टिक केबलको क्षति र अन्य कारणहरूले गर्दा मध्य र दक्षिणी गाजामा मुख्य दूरसञ्चार सेवाहरू अवरुद्ध छन्, तर केही स्थानहरूमा इन्टरनेट र टेलिफोन सेवा पुनः सुरु गर्न प्रयास भइरहेको छ । मानवीय सहायता साझेदारहरूले जानकारी दिएअनुसार, विस्थापनका कारण नागरिकहरू भीडभाड भएका स्थानहरूमा जान बाध्य भएका छन्, जुन स्थानहरूमा पहिले नै धेरै परिवारहरू विस्थापित छन् र आवश्यक सेवाहरू उपलब्ध छैनन्। गाजा शहर, देइर अल र खान युनूसका विभिन्न स्थानहरूमा मनोसामाजिक सल्लाह, केस व्यवस्थापन र व्यक्तिगत समर्थन सेवा प्रदान भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार