मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अल्जेरियामा फुटबल समर्थकहरू बीच भाग दौड हुँदा तीन जनाको मृत्यु, ८१ घाइते

सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एएफपी । अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एम.सी.ए.) का समर्थकहरूबीच भएको भाग दौडमा परेर तीन जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन् ।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि सुरुमा एक जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो । तर आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रो पटक राष्ट्रिय उपाधि जितेको खुशीयालीमा समर्थकहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए । तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो ।

खेल ५ जुलाइ रंगशाला मा भएको थियो, जहाँ एम.सी.ए. र एन.सी. माग्रा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । यो दु:खद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार